काठमाण्डौँ — प्रदेश २ को राजधानी जनकपुरबाट भारतको विहार राज्यको राजधानी पटनासम्म बससेवा आइतबारबाट औपचारिक रुपमा सुरु भएको छ।
प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरमा एक विशेष समारोह पश्चात हरियो झण्डा देखाएर बस सेवाको आरम्भ गरे।
यसअघि भदौ २८ गते बिहारका मुख्यमन्त्री नितिशकुमारले पटनामा हरियो झण्डा देखाएर पटनाबाट जनकपुरसम्म बससेवाको उदघाट्न गरेका थिए।
नेपाल र भारतबीच पारवाहन सम्झौता अनुसार जनकपुर–पटना बससेवा सुरु भएको हो।
पहिलो चरणमा दुवै स्थानबाट दैनिक २÷२ वटा बस सञ्चालन गरिने जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले जानकारी गराएका छन्।
जनकपुरदेखि पटनासम्म चारवटा बस सञ्चालन गर्ने परमिट प्राप्त भएपनि यात्रुको चाप अनुसार बस थपिदै जाने चौधरीले बताए।
— अन्नपूर्ण
FACEBOOK COMMENTS