काठमाडौं । जनगणना सकिन चार दिन बाँकी छँदा सम्म दार्चुलाको लिपुलेक–लिम्पियाधुरा–कालापानीमा जनगणना कसरी गर्ने भन्ने विषय भने अझै अन्यौलमा छ । यो क्षेत्रको जनगणना के हुने भन्ने विषयमा टुंगो लागेको छ्रैन । विभागले यहाँ गणक पुगेर जनगणना गर्ने वातावरण नभए अनुमानमा आधारित रहेर जनगणना गर्ने भएको छ ।
१२ औं राष्ट्रिय जनगणनाअन्तर्गत मूल गणनाको काम करिब ८० प्रतिशत सकिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । २५ कात्तिकमा सुरु भएको जनगणनाको मूल गणना ९ मंसिरसम्म चल्ने छ । विभागका निर्देशकका अनुसार हिमाली भेगका धेरैजसो स्थानमा जनगणनाको काम सकिएको छ ।
एक जना गणकले देशभर दैनिक १२ वटा घरमा जनगणना सक्ने अनुमान गरिएको छ । १५ दिनको अवधिमा एक जना गणकले औसत १७५ परिवारको गणना गर्नेछन् । हिमाली र पहाडी भेगमा खटिने गणकले एक घरबाट अर्को घर पुग्न लामो समय लाग्ने भएकाले थोरै घरमा मात्र गणना गर्न सम्भव हुनेछ । तराइ र शहरी भेगमा भने थोरै समयमा धेरै घरको गणना गर्न सम्भव हुनेछ । सोही कारण १५ दिनमा एक गणक बराबर १७५ घर राखिएको छ ।
FACEBOOK COMMENTS