काठमाण्डौँ — जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत पहिलो सेयर त्रिशूली ३ बीको निष्कासन भएको छ ।
बिहीबारदेखि सर्वसाधारणका लागि आवेदन खुल्ने त्रिशूली ३ बी आयोजनाको क्षमता ३७ मेगावाट छ ।
फागुन २ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले नुवाकोटमा निर्माण गर्न लागेको सो आयोजनाको सेयर खुला गर्न लागिएको हो ।
चैत ७ देखि खुला गरेर छिटोमा १२ चैत र ढिलोमा वैशाख ६ गतेसम्म सेयर आवेदन दिन पाउनेगरी आह्वानपत्र जारी गरेको छ ।
बढीमा एक हजार कित्तासम्म जारी गर्न पाउने सेयरको सय रुपैयाँ मूल्य अंकितमध्ये १० प्रतिशत अर्थात १० रुपैयाँमा आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।
— कारोबार
FACEBOOK COMMENTS