काठमाडौं, चैत ६ – नेपाली कांग्रेसका नेता तथा सांसद बालकृष्ण खाँडले सरकारले ऋण लिएर आफूले घिउ खाएको आरोप लगाएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै खाँडले नेपाली जनताको टाउकोमा यति धेरै ऋण अहिलेसम्म नभएको भन्दै अहिलेको सरकारले आफूले घिउ खाएर जनतालाई ऋण थोपरेको आरोप लगाएका हुन् ।
उनले हामी ऋण लिउँ तिर्ने बेला अरु आउँछन् भन्ने सरकारको प्रवृत्ति भएको बताए । चालु खर्च बढाउने तर पुँजीगत खर्च खटाउने सरकारको रणनीतिले विकासका कामहरु प्रभावित भएको उनले उल्लेख गरेका छन् । संघ, प्रदेश र स्थानीय तहमा पुँजीगत खर्च घटेको छ, पुँजीगत खर्च खट्दा कसरी विकास हुन्छ ? भनी प्रश्न गरेका छन् । मजदुर, किसान, उद्योगी, कर्मचारीको हालत के कस्तो छ त्यो विषय स्पष्ट हुने गरी स्वतेपत्र जारी गर्न पनि सरकारलाई खाँडले आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS