काठमाण्डौँ – जनता बैंक नेपाल लिमिटेडले इन्टरनेशनल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । ‘‘जनता बैंक नेपाली जनताको बैंक’’ भन्ने नारालाई आत्मसाथ गर्दै जनता बैंकले इन्टरनेशनल रेमिट्यान्स सेवा पनि सञ्चालनमा ल्याएको हो ।
‘‘जनता रेमिट’’ मार्फत पूर्व मेची देखि पश्चिम महाकाली सम्मका जनतालाई सहज आन्तरिक रेमिट्यान्स सेवा पु¥याउदै आएकोमा अब देखि विदेशमा रहेका ग्राहकहरुले समेत सहजै जनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्ने बताइएको छ ।
बेक्स मनी बहराइन एक्स्प्रेस एक्स्चेन्ज, बहराइन र जनता बैंक नेपाल लिमिटेडबीच हालै भएको संझौता अनुसार अब बहराइनमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत सुलभ रुपमा आफ्नो कमाई आफ्नो आफन्तलाई अथवा सिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्नेछन् ।
जनता रेमिट सेवा निकट भविष्यमै भारत, मलेशिया, जापान, कुवेत, कतार, ओमान र यूएई बाट समेत सुरु गरिने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS