काठमाण्डौँ — जनता बैंक नेपाल लिमिटेडको सहयोगमा बिराटनगर महानगरपालिका वडा नं. १९, बैजनाथपुरको मुसहर बस्तिका १५० परिवारलाई कम्बल र खाद्यपदार्थ वितरण गरिएको छ ।
निजामती कर्मचारी श्रीमती संघको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
बैंकको प्रतिनिधि, निजामतीकर्मचारी श्रीमती संघको पदाधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङको प्रतिनिधि र बिराटनगर महानगरपालिकावडा नं. १९ का वडा अध्यक्षको उपस्थितिमा उक्त सामाग्रीहरु वितरण गरिएको छ ।
विपन्न बर्गका मुसहर समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रका बस्तिको १५० परिबारको लागि जनता बैंकले संस्थागत सामाजिक उत्तर दायित्व अन्तरगत कम्बलउपलब्ध गराएकोछ ।
FACEBOOK COMMENTS