काठमाण्डौँ — जनता बैंक नेपाल लिमिटेडले शेयरधनीहरुलाई चुक्ता पूँजीको ८.५० प्रतिशत नगद लाभाँश वितरण गर्ने भएको छ ।
बैंकको नवौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई ६८ करोड ६६ हजार ८ सय ३.२५ बराबर अर्थात चुक्ता पूँजीको ८.५० प्रतिशत नगद लाभाँश वितरण गर्ने प्रस्ताव गरिएको वासलात र नाफा–नोक्सान हिसाव सहितको वित्तिय विवरणहरु स्वीकृत गरेको हो ।
सो सभाबाट सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्नुका साथै सञ्चालक समिति स्तरिय लेखापरिक्षण समितिको सिफारिसमा आर्थिक बर्ष २०७५/०७६ को लागि बाह्य लेखा परिक्षकमा एसएआर एशोसियट्स, चार्टर्ड एकाउन्टस नियुक्त गर्ने निर्णय गरेको छ ।
नवौ वार्षिक साधारण सभाको मितिसम्म आईपुग्दा बैकको निक्षेप संकलन ६८ अर्ब र कर्जा लागानी ६३ अर्ब पुगेको छ ।
FACEBOOK COMMENTS