काठमाडौं, मंसिर ५- जनता बैंक र ग्लोबल आइएमई बैंकबाट जारि गरिएका कार्डहरु दुबै बैंकहरुका कुनै पनि एटीएमबाट निशुल्क चलाउन सकिने भएको छ । दुवै बैंक मर्ज हुन् लागेको र मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेकोले ग्राहकको सुविधाका लागि यो सेवा सुरु गरिएको बैंकले एक विज्ञप्ति जारी गर्दै जनाएको हो ।
दुवै बैंकको २०७६ मंसिर २ गते सम्पन्न साधारण सभाबाट मर्जर प्रस्ताव पारित भईसकेको छ । मर्जर पश्चात ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट मङ्सिर भित्रै एकिकृत कारोवार सुरु हुने बैंकले जनाएको छ ।
मर्जर पश्चात बन्ने ग्लोबल आईएमइ करिव ३०० भन्दा बढी शाखा सञ्जाल, ३२०० कर्मचारी, २० लाख ग्राहक संख्या सहितको बैक बन्नेछ । मर्जर पश्चात बैंकको चुक्ता पूँजी करिव १९ अर्ब, निक्षेप रु. २ खर्ब १३ अर्ब, कर्जा रु. १ खर्ब, ९४ अर्ब पुग्ने छ ।
FACEBOOK COMMENTS