काठमाडौं,फागुन १९- जनरल इन्स्योरेन्स कम्पनी नेपालले प्रदेश नं. ५ अन्तर्गत बुटवलस्थित दियालो फुडल्याण्डमा ३ दिन आधारभुत निर्जीवन बिमा अभिकर्ता तालिम सम्पन्न गरेको छ ।
उक्त तालिममा बीमाको परिचय, बीमाव्यवसायको वर्तमानअवस्था र चुनौती साथै बीमाको विभिन्न पोर्टफोलियोको बारेमा बिस्तृत तालिम प्रदान गरिएको थियो । सोही तालिममा बीमाअभिकर्ताको भुमिका र निर्वाह, कृषिबाली तथा पशुपंशीबीमाको बारेमा समेत जानकारी दिएको थियो ।
३४ जना अभिकर्ताहरुको सहभागिता रहेको उक्त तालिममा सफलतापुर्बक तालिम लिने अभिकर्ताहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
FACEBOOK COMMENTS