काठमाडौं, असोज २६ – जनरल इन्स्योरेन्स कम्पनी नेपालको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । आजै नेप्सेमा शेयर सूचीकृत गर्न लागेको जनरल इन्स्योरेन्सको शेयर सम्बन्धी सम्पूर्ण जिम्वेवारी असोज २६ गतेदेखि कुमारी क्यापिटलले गर्ने भएको हो ।
यस कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणलाई आईपीओ विक्री गरी असोज २० गते बाँडफाँट गरेको हो । उक्त आईपीओ विक्री प्रबन्धकको जिम्वेवारी भने एनआईबिएल एस क्यापिटलले पुरा गरेको थियो । असोज २६ गतेदेखि जनरल इन्स्योरेन्स कम्पनीको शेयर दाखिला खारेज, नामसारी, धितोबन्धक, डिम्याट लगाएतका सम्पूर्ण कार्य अब कुमारी क्यापिटल लिमिटेडबाट हुने कम्पनीले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS