काठमाडौं, कात्तिक २ – जन्मदिन मनाउने क्रममा केक खाँदा तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा एकै १२ जना बिरामी परेका छन् । स्थानीयवासी ११ वर्षीय प्रज्वल गैह्रेका जन्मदिनमा शनिबार राति केक खाएका एकै घरपरिवारका सदस्य बिरामी भएका हुन् ।
केक खाएपछि झाडपखाला र बान्ता हुने तथा टाउको दुखेपछि सबैलाई दमौली अस्पताल भर्ना गरिएको छ । उनीहरुको हाल अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । केक खाएका सबैलाई खाद्य विषाक्त भएको र सबैको अवस्था अहिले सामान्य रहेको दमौली अस्पतालले जनाएको छ ।
FACEBOOK COMMENTS