काठमाडौं, माघ ११- जबरजस्ती करणी गरेको आरोपमा रामेछापको मन्थली नगरपालिका वडा नं १० चनखुका वडाध्यक्ष भरतबहादुर बोहोरा पक्राउ परेका छन् ।
वडाध्यक्ष बोहोरालाई शनिवार आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त भक्तपुर ठिमीको पत्रअनुसार जिल्ला प्रहरी कार्यालय रामेछापले उनलाई रामेछापको आफ्नै घरबाट पक्राउ गरेको रामेछापका प्रहरी प्रमुख नवराज ढुंगानाले जानकारी दिनुभयो ।
जबरजस्ती करणीको आरोपसहित ठिमी वृतमा परेको उजुरीको आधारमा जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीसहित वडाध्यक्ष बोहोरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बोहोरालाई थप अनुसन्धानका लागि ठिमि बृत्तमा नै पेश गर्ने प्रहरीको तयारी रहेको छ ।
FACEBOOK COMMENTS