काठमाण्डौं– प्रधानमन्त्रीले पानीजहाजको कुरा गर्दा आलोचना भैरहेको बेला जलमार्ग हुँदै सामान ल्याउनेबारे नेपाल–भारतबीच छलफल हुने भएको छ।
असार ३१ र ३२ गते राजधानीमा दुई देशका अधिकारीबीच छलफल हुने लागेको हो।
जलमार्ग अध्ययन समितिका संयोजक जल तथा उर्जा आयोगका सहसचिव माधव बेल्वासेले भारतीय इनल्याण्ड वाटरवे अथरिटीका उपाध्यक्षसहित ४ जना नेपाल आउन लागेको जानकारी दिए।
जेठ तेस्रो साता सरकारले वेल्वासेको संयोजकत्वमा उर्जा तथा सिँचाइ,भौतिक पूर्वधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सदस्य राखेर समिति बनाएको थियो।
गत चैतमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा जलमार्गमार्फत् कार्गो ढुवानी गर्न भारतले नेपाललाई समुद्रसम्म पहुँच दिने समझदारी भएको थियो।
यसका लागि दुई देशबीचको व्यापार तथा पारवाहन सम्झौतामा जलमार्ग पनि थप्ने गृहकार्य गर्न दुई प्रधानमन्त्रीले सम्वन्धित अधिकारीलाई निर्देशन दिएका थिए।
FACEBOOK COMMENTS