काठमाण्डौं– नेपालमा भएका जलविद्युत्बारे सम्पूर्ण जानकारी दिनका लागि ‘हाइड्रोम्याप पोर्टल’ सार्वजनिक भएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था(इप्पान) को सहयोगमा नीति फाउण्डेसनले तयार पारी सार्वजनिक पोर्टलमा नेपालको जलविद्युत् र प्रसारण लाइनका आयोजनाका साथै प्रदेशस्तरको अवस्था उल्लेख छ ।
हाइड्रोम्याप डट नीति फाउण्डेसन डट ओआरजीमा उपलब्ध सो पोर्टलमा ५ सय ७३ जलविद्युत् आयोजनाका साथै सबै प्रसारणलाइन र सवस्टेसनका आयोजनाहरूबारे उल्लेख छ ।
नीति फाउण्डेसनका वरिष्ठ कार्यक्रम अधिकृत विशाल चालिसेले “२० मेगावाटभन्दा साना ३ सय ७९, २० देखि १ सय मेगावाटसम्मका १४८ र १०० मेगावाट माथिका ८६ जलविद्युत् आयोजनाका साथै सबै प्रसारणलाइन आयोजनाहरूको सम्पूर्ण जानकारी पोर्टलमा एक क्लिकमै लिन सकिन्छ,” उनी भन्छन्, “नेपालको जलविद्युत्को विस्तृत जानकारी पाइने हुनाले पोर्टलले सरकार, नीति निर्माता, विद्यार्थी, प्रवद्र्धक, विदेशी लगायत जलविद्युत्बारे सरोकार राख्ने सबैले जहाँ बसेर पनि एकसाथ सूचना पाउन सक्छन् ।”
पोर्टलमा रहेको स्याटलाइट म्याप, ओपन स्ट्रिट म्यापबाट सम्पूर्ण भूगोल, नदीनाला र यसको क्षेत्रबारे समेत जानकारी पाउन सकिन्छ ।
FACEBOOK COMMENTS