काठमाण्डौँ — जलविद्युत् कम्पनीले स्थानीय आयोजना प्रभावितलाई साधारण शेयर बिक्री नगरिकनै आम नागरिकलाई बिक्री गर्न पाउने भएको छ ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट ।निर्देशिका संशोधन गरी नयाँ व्यवस्था गरेको हो ।
रसुवागढी तथा साञ्जेन जलविद्युुत् कम्पनीको पहलमा बोर्डले नयाँ व्यवस्था गरेको हो ।
ती कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता तथा ऋणदाता संस्थाका कर्मचारीलाई सीमित साधारण शेयर बिक्री गरिसकेको छ ।
रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख माधव कोइरालाले आफूहरुले सर्वसाधारणलाई शेयर बिक्री गर्ने गरी विवरणपत्र तयारीको क्रममा रहेको जानकारी दिए ।
स्थानीयले कुनै कारणवश शेयर किन्न नचाहे वा कम्पनीले पहिला सर्वसाधारणमा निष्काशन गर्ने इच्छा देखाए आवश्यक निर्णय गर्न सक्ने निर्देशिकामा व्यवस्था गरिएको छ ।
— कारोबार
FACEBOOK COMMENTS