काठमाण्डौं– उपराष्ट्रपति नन्द बहादुर पुनले नेपालको जलविद्युत विकासमा पुँजीको समस्या भन्दा पनि सहि नीतिको आवश्यक रहेको बताएका छन् ।
हिमालयन हाड्रो एक्सपो २०१९ को कार्यक्रम उद्घाटन गर्दै लगानिको लागि निजी क्षेत्र उत्साहित रहेको भन्दै नीतिगत समस्या समाधान गर्नु पर्ने बताएका हुन् ।
उनले जलविद्युत, कृषी, पर्यटन, उद्योग, जडिबुटी नेपालको लागानिका प्रमुख क्षेत्र हुन् । त्यसमध्ये जलविद्युत समृद्धिको प्रमुख अधार भएको बताए ।
जलविद्युतमा लगानी गर्न निजी क्षेत्र उत्सुक भएको भन्दै कानुनी समस्या सरकारले समाधान गर्न ध्यान दिनु पर्ने बताए । उनले विदेशी नियोग पनि नेपालको जलविद्युत क्षेत्रको विकासको लागि इच्छुक रहेको बताए ।
उपराष्ट्रपति पुनले विद्युतको उत्पादन बाट नै व्यापार घाटा कम गर्न सक्ने भन्दै विद्युत बजार विस्तारको लागि इलेक्टीकल भेहिकल, ग्यासको सट्टा विद्युतिय चुलो सञ्चालन बढाउँदै जानुपर्ने बताए ।
हातले गर्ने कामलाई प्रविधीको माध्यमबाट सजिलो बनाउन उर्जाको खपत गर्न सकिने बताएका छन् ।
FACEBOOK COMMENTS