काठमाण्डौँ — .जाजरकोट–जुम्ला जोड्ने यी तीन वटा रणनीतिक मार्गको निर्माण कार्य सुस्त देखिएको छ।
बजेट अभाव, सम्बन्धित निकायको लापरबाहीलगायतका कारण रणनीतिक सडक निर्माण कार्य सुस्त भएको हो।
अस्सी किलोमिटर लामो जाजरकोट–ब्युलीढंगा–जुम्ला सडक निर्माण थालेको १२ वर्ष बितेको छ ।
उक्त सडक निर्माणका लागि २५ करोड खर्च भइसकेको छ ।
जुम्ला जोड्ने यो सम्भावित रणनीतिक मार्गको ४० किलोमिटर पनि ट्रयाक खुल्न सकेको छैन ।
९० किलोमिटर दूरीको जाजरकोट छेडा–चाँदे–जुम्ला सडकको ३५ किमि मात्र निर्माण भएको छ ।
१२ वर्षअघि निर्माण सुरु उक्त सडकमा ३० करोड खर्च भइसकेको छ।
त्यस्तै १ सय ४० किलोमिटर लम्बाइको जाजरकोट–बारेकोट–चाखुरे–जुम्ला सडकको निर्माण ३० किमिमा सीमित छ।
२० करोड खर्च भइसकेको बारेकोट हुँदै जुम्ला जाने सडकको निर्माण ठप्प छ।
— कान्तिपुर
FACEBOOK COMMENTS