काठमाडौं, असोज ९ – कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।
वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएपनि अहिलेसम्म कुनै सफलता हात लाग्न सकेको छैन । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा फैलिसकेको छ ।
यसैबीच वैज्ञानिकले अब आउन लागेको जाडो याममा कोरोना संक्रमण झनै डरलाग्दो हुने बताएका छन् । वैज्ञानिकहरुले यदि कोरोना र फ्लू एकैसाथ भयो भने मृत्युको खतरा दुई गुणा हुने बताएका छन् ।
पब्लिक हेल्थ इंग्ल्याण्डको रिपोर्टमा २० जनवरीबाट २५ अप्रिलको बीचमा इंग्ल्याण्डमा ५८ वटा यस्ता केस पाइएका छन् । यी बिरामी कोरोना र फ्लू दुबैसँग् लडीरहेका थिए ।
यी मध्ये मृत्यु हुनेको संख्या २७ प्रतिशत थियो । त्यस्तै फ्लूको चपेटामा आएपछि ४३ प्रतिशतको मृत्यु भएको थियो ।
रिसर्चर्सले फ्लूको संक्रमण अधिकांश जाडो याममा हुने भएकोले कोरोना र फ्लू एकैपटक भए गम्भीर परिणाम हुने भन्दै चेतावनी दिएका छन् ।
FACEBOOK COMMENTS