सुषमा महरा (बरिष्ठ ब्युटीसियन )
काठमाण्डौं, २६ मंसिर – जाडो भन्ने बित्तिकै सबको मुखबाट अनायसै निक्लने शब्द हो ुआछुृ । अहिले हाम्रोमा जाडो याम चलिरहेको छ । जाडो झन् झन् बढदै गएको छ । त्यसैले यस्तो जाडोमा तातो खाना जति प्रिय लाग्छ, हाम्रो शरीर पनि राम्ररी स्याहार सुसारको उत्तिकै जरुरत पर्छ । जाडो महिनामा चिसोका कारण छालामा विभिन्न समस्याहरु देखा पर्दछन् । छाला फुट्ने, अनुहार सुख्खा हुने, चाउरीने, हात–गोडा फुट्ने, कपाल झर्ने जस्ता समस्याले सबैलाई आक्रान्त पारेको हुन्छ ।यी सम्पूर्ण समस्याहरुको हल गरेर जाडो समयमा आफ्नो शरीरमा सुन्दरता चमकपन ल्याउन सकिन्छ तर त्यसको लागी आफुले समय निकालेर शरीरमा चमकपन ल्याउन मोस्चर गर्नुपर्छ ।
मोस्चर गर्नुपर्छ । मोस्चरको कमीले छाला फुट्ने, चाउरीपन देखिने, सुख्खा हुने हुदाँ शरीरमा चमकपन हुँदैन । त्यसैले गर्दा यस्ता समस्याहरु देखा पर्छन । यद्यपि, अनुहारमा चमकपन ल्याउनका लागि त छन् मोस्चरको प्रयोग गर्नुपर्छ नै। भिटामीन ए क्रिम प्रयोग गरेर मोस्चर गर्न सकिन्छ ।छाला एकदम सुख्खा छ भने राति सुत्दा गिल्सिंग, मस्टूराजार , कोल्डक्रिम लगाएर सुत्ने गर्नुपर्छ । जसले छालालाई नरम र मुलायम बनार्इ राख्न मद्दत पुर्याउँछ । कुर्कुच्चा फुट्ने समस्या त सफार्इको कमिले नै हुन जान्छ । पैताला भनेको मोस्चर एकदमै कम हुने ठाउँ हो र शरीरको सबैभन्दा सुख्खा ठाउँ कुर्कुचा हो । त्यसैले राती सुत्नु अगाडी मन तातो पानीले खुट्टा धुने बानी गर्नुपर्दछ । त्यसपछि सुत्नु अगाडीसम्म मोजा लगाउने र सुत्दा खेरी मोजा खोलेर सुत्नु बानी गरियो भने बिहान खुट्टा नरम र कलिलो देखिन्छ ।
मानिसको दैनिक जिवनयापनमा सबैभन्दा बढी प्रयोग हुने अङ्ग हात हो । पुरुषको तुलनामा महिलाले घरयासी काम गर्दा बढी हातकै जरुरत पर्दछ । भाडा माझ्नेदेखि कोठा सफा गर्नेसम्मको अझ जाडो वा चिसोको समयमा त महिलाहरु यो समस्याबाट गुज्रिनु परेको पनि देखिन्छ अझैँ । तर, यसको घरायसी उपचार सजिलो छ । राती सुत्दा मनतातो पानीले हात धुने अनि हातमा ग्लिसरिन रोज वाटर राखेर सुत्दा हात नरम र गोरो पनि देखिन्छ ।जाडो समयमा कपालसम्बन्धि विशेष गरेर दुईवटा समस्या देखा पर्छन । चायाँ पर्ने र कपाल झर्ने । कपाल जाडोमा धेरै गुम्स्याएर राख्नु, महिनौँ नधुनु प्रमुख समस्याहरु हुन् । त्यसो त गर्मीमा भन्दा जाडोमा कपालको हेरचाह कम हुन्छ । त्यस्तै, कपाल धुदा तातोपानीको प्रयोगले पन कपालको जरा कमजोर भइदिन्छ । त्यसैले पानीको सवालमा मनतातो पानीका प्रयोग गर्नु उपयुक्त हुन्छ । यसकारण कपाललाई चाहिने प्रोटिन तेलमा पाइन्छ । यद्यपि, दिउसोको समयमा कपालमा मन तातो तेल लगाएर मसाज गर्ने र एक डेर घण्टा पछि ननुहाउने गर्दा कपाललाई चाहिने प्रोटिन पनि मिल्छ र यस्का साथै हामीले जाडोको समय शरीरको अंगलाई चिसोले नछोवोस भनेर बाक्लो तातो न्यानो कपडा लगाउने गर्दा हामीले आफ्नो शरीरलाई चिसोबाट जोगाउन सक्छौ ।
(बरिष्ठ ब्युटीसियन महरा फेसियल हाउसकी प्रबन्ध संचालक हुन् । )
FACEBOOK COMMENTS