काठमाण्डौं – नेपाल राष्ट्र बैंकले जातजाति तथा भाषाभाषीहरूले मनाउने पर्वमा नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ ।
यसअघि हिन्दू नेपालीको ठूलो पर्व दशैंका बेला ठूलो परिमाणमा नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको थियो ।
मुलुकका विभिन्न क्षेत्रमा बसोबास गर्ने विविध जातजाति तथा भाषाभाषीहरूले मनाउने विभिन्न चाड–पर्व तथा राष्ट्रिय दिवसहरू नयाँ नोट सटही सुविधा प्रदान गर्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले बताएको छ ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार नववर्ष, उभौली पर्व÷वुद्धजयन्ती, गाईजात्रा, गौरा पर्व, हरितालिका तीज, संविधान दिवस, इन्द्रजात्रा, जितिया पर्व, तिहार, छठ पर्व, फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती, उधौली पर्व, क्रिसमस, ल्होसार, माघी पर्व, महाशिवरात्री, फागु पूर्णिमा, घोडेजात्रा, ईद आदि राष्ट्रिय चाड–पर्व तथा राष्ट्रिय दिवसहरूमा नयाँ नोट साट्न सकिनेछ ।
नयाँ नोट काठमाडौंको थापाथली स्थित राष्ट्र बैंक कार्यालयका साथै उपत्यका बाहिरका राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयहरूबाट समेत नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS