काठमाडौं – नेपाल वायु सेवा निगमलाई जापानको एक वर्षसम्म ल्यान्डिङ र पार्किङ शुल्क नलिने घोषणा गरेको छ ।
ओसाका विमानस्थलले एक वर्षको पार्किङ्ग र ल्यान्डिङ शुल्क नलिँदा निगमको खर्च धेरै घट्ने जनाइएको हो ।
नेपाल एयरलाइन्सले काठमाडौंबाट ओसाकासम्म सीधा उडानका लागि तयारी गरिरहेको छ ।
बढ्दो खर्च घटाउनका लागि ओसाका एयरपोर्ट अथोरिटीसँग छलफल गर्दा एक वर्षको पार्किङ र ल्यान्डिङ शुल्क नलिने र त्यसपछि पनि भारी छुट दिने प्रतिबद्धता जनाएको निगमले जनाएको छ ।
निगमलाई यसबाट एक करोड रुपैयाँभन्दा बढी फाइदा हुने बताएको छ ।
ओसाकामा निगमसँग पहिले पनि उडान गरेको अनुभव भएको तथा विमानस्थल नजिकका क्षेत्रमा नेपालीहरुको बाक्लो बसोबास रहेको जनाएको छ । यस्तै ओसाकाबाट टोकियो पुग्न बुलेट ट्रेनले सहज बनाएको समेत निगमले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS