काठमाडौँ — सरकारले जापानमा नेपाली कामदार पठाउने विषयमा दोस्रो सम्झौता चाँडै गर्ने भएको छ ।
पहिले भएको सम्झौतालाई कार्यान्वयन गर्ने गरी उक्त तयारी भइरहेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।
कम भन्दा कम पैसामा जापानमा कामदार पठाउनका लागि हामीले गृहकार्य गरिरहेको मन्त्रालयका वैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिव दीपक ढकालले बताए ।
सञ्चार केन्द्र नेपालले आइतबार राजधानीमा गरेको अन्तक्रियामा उनले वैदेशिक रोजगारीमा हुने ठगी रोक्न विभिन्न खालका नीतिहरू अवलम्बन भइरहेको अवगत समेत गराए।
कार्यक्रममा पूर्व श्रम तथा रोजगार मन्त्री कमल चौलागाईँ बाध्यतामा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था रहेको र अहिले त मुलुकको विकासको लाइफलाइन नै वैदेशिक रोजगार भइसकेको बताए।
— कान्तिपुर
FACEBOOK COMMENTS