मंसिर २३ – कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा पारेको प्रभाव कम गर्न जापान सरकारले ७३६ खर्ब येन (७ खर्ब ७ अर्ब अमेरिकी डलर) बराबरको अर्को आर्थिक प्याकेज ल्याएको छ ।
त्यहाँका प्रधानमन्त्री योशिहिदे सुगाले मंगलवार सो प्याकेजको घोषणा गरेका हुन् । यस प्याकेजमा हरित लगानीका लागि सहुलियत र डिजिटलाइजेशनका लागि खर्च समेत समावेश हुने छ । अर्थतन्त्रलाई महामारीका कारण उत्पन्न आर्थिक मन्दीबाट उकास्न यो स्टिमुलस ल्याइएको हो ।
दोस्रो त्रैमासको निराशाजनक प्रदर्शनपछि तेस्रो त्रैमासमा जापानी अर्थतन्त्र सुध्रिएको छ । दोस्रो त्रैमासमा अर्थतन्त्र ८ दशमलव २ प्रतिशतले खुम्चिएको मंगलबार सार्वजनिक भएको संशोधित तथ्यांकले देखाएको छ ।
तेस्रो त्रैमासमा भने अर्थतन्त्र ५ दशमलव ३ प्रतिशतले बढेको थियो । कोरोना भाइरसको तेस्रो चरणको संक्रमणका कारण पुनःबहाली सुस्ताएको विश्लेषकहरुले बताएका छन् ।
FACEBOOK COMMENTS