काठमाडौं, असोज १९ – जापानी फेसन डिजाइनर केन्जो टाकाडाको निधन भएको छ। ८१ वर्षीय टाकाडा चर्चित फेसन ब्रान्ड केन्जोका संस्थापक थिए। टाकाडामा केही दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो। उनको पेरिसस्थित अमेरिकन अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
सन् १९६० मा उनी फ्रान्समा पुगेका थिए। त्यस्यता उनी त्यही बसेर फेसन सम्बन्धी कामहरु गर्दै आएका थिए। उनको मृत्युको खबर सार्वजनिक भएपछि विश्वभरका डिजाइनरहरुले उनलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्
FACEBOOK COMMENTS