काठमाडौं, भदौ, ३ । नेपाल वायुसेवा निगमले भदौ १२ गतेबाट जापान उडान भर्ने भएको छ । निगमले मंगलार राजधानीमा पत्रकार सम्मेलन गरी यही १२ गतेदेखि ओसाकाका लागि पहिलो उडान भर्ने जनाएको हो ।
निगमले हप्तामा ३ दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्ने तालिका बनाएको छ । काठमाडौंबाट बिहान २ बजेर ३० मिनेटमा उडेको विमान स्थानीय समयअनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओशाका पुग्नेछ र ओशाकाबाट स्थानीय समयअनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन बेलुका ६ बजे काठमाडौं आइपुग्नेछ ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले यस अघि यात्रुको संख्या एकदमै न्युन भएर जापान उडान रद्द भएको बताउँदै यसपटक भने सुरुको एक महिना यात्रुको संख्यामा केही कम भए पनि अक्टुबर देखी भने यात्रुको संख्या बढ्ने विस्वास ब्यक्त गरेका छन । नेपाल भ्रमण बर्ष २०२० मा करिब ४५ हजार जापानी पर्यटक ल्याउने उनले दाबी गरेका छन् ।
निगमले अहिले १ महिनाका लागि एकतर्फी भाडादर भने ३६ हजार ९ सय ९९ र दुईतर्फी भाडादर भने ७२ हजार ८ सय १४ रुपैयाँ तोकेको छ ।
निगमले उडान भर्ने निश्चित भए पनि टिकट भने न्युनमात्रै बिक्री भएको जनाएको छ । अहिलेसम्म ओसाकाका लागि वायुसेवा निगमका करिब ८० वटा टिकट विक्री भएको निगमले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS