काठमाडौं – धरहरा पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ठेक्काको आर्थिक प्रस्ताव खोलेको छ
यो संगै भूकम्पले क्षतिग्रस्त बनाएको धरधराको पुर्निर्माणको अन्यौल हटेको छ ।
प्राधिकरणले बोलपत्र आह्वान गरेपनि टेण्डरमा सहभागी कम्पनी नक्कली भएको भन्दै उजुरी परेपछि ठेक्का प्रक्रिया टुंगिन सकेका थिएन ।
प्राधिकरणले उजुरीको अनुसन्धानपछि ठेक्का प्रक्रियामा कुनै नक्कली कम्पनी नआएको निष्कर्ष निकाल्दै ठेक्काको आर्थिक प्रस्ताव खोलेको छ ।
आर्थिक प्रस्तावमा जिआइइटिसी–रमन सबैभन्दा कम रकम कबोल गर्ने कम्पनी रहेको छ ।
अब धरहरा निर्माणको ठेक्का उसैले पाउनेछ ।
FACEBOOK COMMENTS