काठमाण्डौँ — दोलखाको पर्यटकीय नगरी जिरी भ्रमणमा आउने पर्यटकलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ ।
बुधबारदेखि लागू हुने गरी होटल व्यवसायीले जिरी भ्रमणमा आउने पाहुनाका लागि यस्तो घोषणा गरेका हुन् ।
पर्यटकलाई जिरीमा आकर्षित गर्ने उद्देश्यले होटल व्यवसायीले जुनसुकै स्तरको होटलमा पनि चलनचल्तीको मूल्यमा कोठा भाडामा छुट अफर गरेको जिरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गेल्बु शेर्पाले बताए ।
जिरीमा पर्यटन प्रवद्र्धनका लागि स्थानीय व्यवसायीको पहललाई स्थानीय सरकारले पनि साथ दिएको छ ।
माघ १५ देखि वैशाखको पहिलो सातासम्म कोठा भाडामा ५० प्रतिशत र खानाका परिकारमा समेत विशेष छुट गर्ने निर्णय भएको होटल व्यवसायीसमेत रहनुभएका जिरी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।
— कारोबार
FACEBOOK COMMENTS