काठमाडौं, मंसिर ६- संसद् सचिवालयका एक महिला कर्मचारीलाई बलात्कारको आरोपमा थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालतको थुनछेक आदेश विरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका छन्।
जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको आदेशविरुद्ध बिहीवार महराका वकिलले उच्च अदालमा निवेदन दिएका हुन्।
जिल्ला अदालतको आदेशविरुद्ध थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरिपाऊँ भन्ने आग्रहसहितको निवेदन दर्ता भएको थियो । अनुसन्धान हुने गरी थुना बाहिरै रहन पाउने माग निवेदनमा गरिएको छ ।
गत कार्तिक १८ मा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा अभियोग लागेका महरालाई थुनामा राखी अनुसन्धानअघि बढाउन आदेश जारी गरेको थियो । महरा अहिले डिल्लीबजार कारागारमा छन्।
FACEBOOK COMMENTS