काठमाडौं, भदौ १० – काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञा बढाएसँगै सर्वोच्चलगायत अदालतका मुद्दा सुनुवाई स्थगित भएको छ । कोरोना संक्रमण त्राससँगैको निशेधाज्ञाले आवात जावतमा समस्या भएपछि बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा सुनुवाई स्थगित भएको हो ।
सार्वजनिक सवारी साधन नचलुन्जेलका लागि अदालतको काम सीमित भएको हो । किनभने उपत्यकाभित्रै र बाहिरबाट समेत मानिसहरु आवत जावत गर्न कठिन छ । तर, मुद्दाका दुवै पक्षले सुनुवाई गरिदिन आग्रह गरे सुनुवाई गर्ने गरिएको थियो । आज सर्वोच्च अदालतमा दीपककुमार कार्कीको एकल, हरीकृष्ण कार्की र अनिलकुमार सिन्हाको संयुक्त एवं इश्वर खतिवडा र सपना प्रधान मल्लको संयुक्त दैनिक पेशी तोकिएको थियो । तर, पछि सुनुवाई स्थगित गरियो ।
सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेल भन्छन्, ‘निषेधाज्ञाको समयमा बन्दी प्रत्यक्षीकरणका बाहेक सबै मुद्दा स्थगित भएका छन् ।’
FACEBOOK COMMENTS