काठमाडौं, फागुन १७ – जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साको अध्यक्षमा राजेश पण्डित कुम्हार निर्वाचित भएका छन् । संघको साधारणसभाबाट हरेराम प्रसादलाई पराजित गर्दै पण्डित अध्यक्षमा चयन भएका हुन् ।
त्यसैगरी संघको बरिष्ठ उपाध्यक्षमा असगर अलि अन्सारी, उपाध्यक्षमा राकेश यादव, महासचिवमा विष्णु बराल र सचिवमा प्रभावकर गुप्ता, कोषाध्यक्षमा नगनारायण सिँह चयन भए । समितिको सदस्यहरुमा भगवती शर्मा, अरुण कुमार साह, गिरीराज कडेल, कुन्दन प्रसाद, विजय कुमार गुप्ता निर्वाचित भएका छन् ।
यसैगरी राजेन्द्र प्रसाद जयसवालको संयोजकत्वमा हृदयनारायण साह र मनोज गुप्ता सदस्य रहेको लेखा समिति निर्विरो रुपमा चयन भएको छ ।
साधारणसभाले संघको वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदनका साथै आगामी वर्षको नीति तथा कार्यक्रम समेत पारित गरेको छ ।
FACEBOOK COMMENTS