काठमाडौं – नेपाल उद्योग परिसंघले जीडीपीको ३५ प्रतिशत रकम निष्क्रिय राखेर विकास र समृद्धिको सपना पुरा नहुने बताएको छ ।
परिसंघले आफ्नो धारणा राँख्दै बैंक तथा वित्तिय संस्थाहरुले कूल निक्षेप तथा पूँजीको ८० प्रतिशतमात्र लगानी गर्न पाउने प्रावधानले देशको विकास नहुने बताएको हो ।
यस्तो व्यवस्थाले जीडीपीको करिब ३५ प्रतिशत रकम निस्कृय रहेको परिसंघको दाबी छ ।
निजी क्षेत्रबाट कर्जाको मागमा बृद्धि भईरहने र सोहि समयमा ठूलो पुँजी निस्कृय रहदा तरलताको अभाव श्रृजना हुनाले देश विकासमा ठुलो अवरोध सृजना गरेको परिसंघको ठहर छ ।
राजस्व संकलनमा बृृद्धि हुनु तर पूँजीगत खर्च अत्यन्त न्युन रहनु पनि दुःखद भएको परिसंघले जनाएको छ ।
FACEBOOK COMMENTS