काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज बिहान साढे ९ बाँडफाँड हुने भएको छ ।
उक्त आईपीओमा २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकले ३ करोड १२ लाख ६६ हजार २६० कित्ताको लागि आवेदन दिएका थिए । आईपीओ इतिहासमा यो नै सबैभन्दा बढी आवेदन हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १९ करोड ७७ लाख ३० हजार रुपैयाँको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमा ३० हजार ४२० कित्ता संस्थाका कर्मचारी र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको थियो भने १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था रहेको थियो ।
FACEBOOK COMMENTS