काठमाडौं, असोज १८ – कञ्चनपुरकी २९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ। महेन्द्रनगर २ कञ्चनपुरकी सुत्केरीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार बिहान मृत्यु भएको हो।
उनले एक छोरा र एक छोरी जन्माएकी थिइन्। बच्चा जन्मेपछि उनलाई उच्च रक्तस्राप सुरू भएको थियो। उनको पाठेघरको अप्रेशन र ८ प्वाइन्ट रगत दिइएको महेन्द्रनगरस्थित सेती अस्पताल प्रशासनले जानकारी दिएको छ। गत असोज १४ गते उनको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।
रिपोर्ट पोजेटिभ आएपछि ती सुत्केरीलाई थप उपचारका लागि लागि बाँकेस्थित शिक्षण अस्पताल कोहलपुर ल्याइएको थियो। असोज १५ गते बेलुका ४ बजेतिर भर्ना गर्दा उनको अवस्था जटिल बनिसकेको अस्पताल प्रशासनले जानकारी दिएको छ। उनको अवस्थामा सुधार आएन। बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार सुत्केरीको निधन भएको छ।
FACEBOOK COMMENTS