काठमाडौं, चैत १८ – रियलमीको सबैभन्दा पछिल्लो उत्पादन युआई २.० मा आधारित ‘जेट’ जेनेरेसनको एन्ड्रोइड फोनमा कम्पनीले अन्य नयाँ उपकरणहरूमा (रियलमी डिभाइस) थप गर्ने भएको छ ।
‘रियलमी’ले गत सेप्टेम्बरमा रियलमी युआई २.० लाई नेपाली बजारमा उतारेको थियो । प्रयोगकर्ताहरूका माझ अपरेटिङ प्रणालीमा सफलताका साथ ट्रेन्ड सेटिङ मोबाइल फोनका रुपमा देखा परेको यस फोनमा प्रयोगकर्ताहरूबाट ‘जेट’ जेनेरेसनका लागि अधिक प्रतिकृया (फिडब्याक) प्राप्त भएको थियो । यसैलाई मध्यनजर गरी कम्पनीले युवा वर्गको मागलाई सम्बोधन गर्दै प्रविधिमा सामाजिकीकरण, सक्षम र प्रोत्साहन प्रदान गर्न कम्पनीले नयाँ संस्करणको एन्ड्रोइड सहित अन्य नयाँ रियलमी फोनहरुमा ल्याउन लागेको हो ।
नयाँ रियलमी युआई २.० को विरासतलाई सम्मान गर्दै डिभाइसमा थप नयाँ आकर्षक सुधार जस्तै नयाँ ‘एनएआरजेट ओ’ (उच्च कोटीको क्यामेरा, ए क्लास प्रोसेसर, उल्लेख्य ब्याट्री क्षमता, आकर्षक डिजाइन, शक्तिशाली डिस्प्ले) डिभाइजका साथ एक्स फाइभ प्रो फाइभजी डिभाइसका लागि कम्पनीले अनुमति पाएको छ, जुन ओएसको प्रारम्भिक संस्करणमा उपलब्ध छ ।
रियलमी युआई २.०को खुला बीटा स्टाटस
रियलमीका ८ ब्रान्डलाई रियलमी युआई २.० को प्रारम्भिक पहुँच बीटाका लागि योग्य पुष्टि गरेको छ । उक्त सूचिमा मे र जुन २०२१ मा क्रमशः सी १५ सिरिजको संस्करणको फोनलाई समेटिएको छ । रियलमी एक्स २, रियलमी ६, रियलमी सी–१२ र रियलमी सी–१५ जस्ता अन्य डिभाइसहरु पहिले नै एक्सेस प्रोग्राममा शुरु भइसकेका छन् ।
एन्ड्रोइड ११ ओपेन बीटा एक्सेस
रियलमी ७ का प्रयोगकर्ताले समेत स्थिर संस्करण तयार हुनु अघि नै युआई अनुभूतिका लागि ओपन बीटा प्रोग्रामको प्रयोग गर्न सक्नेछन् । प्रयोगकर्ताले खुला बीटाका लागि सेटिङमा गएर ‘ट्राइल भर्जन’मा क्लिक गरेर सफ्टवेयर अपडेट गर्नुपर्ने हुन्छ । यसलाई शुरु गर्न अघि फोनमा ब्याट्री ६० प्रतिशत भन्दा बढी र मेमोरी ५ जीबी खालि चाहिने कम्पनीले जनाएको छ ।
रियलमी युआई २.० मा थुप्रै एओडी विकल्प, फन्ट र आइकोन कस्टुमाइजेसन, अनुकूल डार्क मोड आदि जस्ता नयाँ थिम कलर र थुप्रै थप विशेषताहरु पनि रहेका छन् । मिडिया प्लेयर, आउटपुट स्वीचर र बबल नोटिफिकेसनमा पनि रियलमी ११ सँग विशिष्ट अनुभूति रहेका छन् । ट्रेन्ड सेटरका रुपमा रियलमीले ट्रेन्ड सेटिङ युआई डिजाइनलाई पनि प्राथमिकता दिएको छ ।
डिप सी प्राइभेसी
‘डिप सी प्राइभेसी’का साथ प्रयोगकर्ताको डाटा सुरक्षित राख्न र व्यापक सुविधा प्रदान गर्नका लागि रियलमी सँधै गम्भीर छ । ‘डिप सी प्राइभेसी’ फिचरले निजी सूचना र डाटाहरु कुनै पनि एपबाट ब्ल्यांक अकाउन्टमा प्रसारण हुनबाट जोगाउँछ र सुरक्षित राख्छ । रियलमी युआई २.० ले थप फ्लोटिङ र मिनी विन्डो एन्ड स्लिप क्याप्सुल सुविधा प्रदान गरेको छ । नयाँ युआईले प्रणाली स्रोत ४५ प्रतिशत, सिस्टम गति ३२ प्रतिशत र फ्रेम रेट स्थिरता १७ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS