काठमाडौं, कात्तिक १६ – जेम्स बन्डको भूमिका निभाएका कारण चर्चामा आएका अभिनेता सर शन कोनरीको ९० वर्षको उमेरमा निधन भएको छ । जेम्स बन्डलाई ठूलो पर्दामा ल्याउने पहिलो अभिनेता थिए । यो भूमिकालाई उनले सात फिल्ममा उतारेका थिए ।
दशकौंसम्म उनी फिल्मी पर्दामा राज गरिरहे । सन् १९९८ मा द अनटचेबल्स नामको फिल्मका लागि उनललाई अस्कर अवार्ड दिइएको थियो ।
उनका छोरा जेसन कनरीले उनको निधन बहामासमा भएको जानकारी दिए । उनी पछिल्लो केही दिनदेखि बिरामी थिए । बहामासमा उनको अन्तिम समयमा परिवारका थुप्रै सदस्य उनीसँगै थिए ।
उनले भने, ‘उनी पछिल्लो केही दिनदेखि बिरामी थिए तर हामीलाई अहिले यो स्थितीबाट बाहिर निस्कन समय लाग्नेछ ।’
थुप्रै सर्वेक्षणमा सर शन कोनरीलाई जेम्स बन्डको भूमिका निभाउने सबैभन्दा उत्कृष्ट अभिनेता बताइएको थियो ।
सन् २००० मा उनलाई नाइटहुडको उपाधिबाट सम्मानित गरिएको थियो ।
FACEBOOK COMMENTS