काठमाण्डौँ — वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेष्ठ १३ देखि कोलकाता उडान गर्ने भएको छ।
यसअघि वैशाख २ देखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा लोकसभा निर्वाचन हुने भएकाले उडान समय परिवर्तन गरेको हो।
निर्वाचनले उडान मिति परिवर्तन भए पनि उडान समय तालिका भने परिवर्तन नभएको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
बुद्धले कोलकाता उडान एटिआर ७२–५०० जहाजले साताको नियमित तीन उडान भर्नेछ।
उडान हरेक साताको सोमबार, बुधबार र शुक्रबार हुनेछ।

— नागरीक
