जयप्रसाद शिवाकोटी नेपाल उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य हुन । नेपालको भन्सार क्षेत्रमा शिवाकोटीको योगदान उल्लेख्य रहेको पाउन सकिन्छ । नेपालमा वि. स. २०५४ सालदेखि औपचारिक रूपमा भन्सार एजेण्ट नियुक्ति गर्ने प्रचलन शुरू हुनुमा उनको पनि जोडबल रहेको पाईन्छ ।
त्यसो त शिवाकोटी भन्सार एजेण्ट संघका संस्थापक अध्यक्ष समेत हुन । आफ्नो क्यारियरको शुरुवाती दिनमा उनले डकुमेण्टेशन, एक्सपोर्ट÷इम्पोर्ट र भिसाको कामबाट सेवा प्रारम्भ गरेका थिए । अहिले भन्सार एजेण्टले भन्सार क्लियरिङसँगै ट्रान्सपोर्टेशनको कामका साथै कलकत्ता क्लियरिङको काम पनि गर्छन ।
क्लियरिङ र फरवार्डिङको कामबाट शुरू भएको आफनो क्यारियरसँगसंगै भन्सार एजेण्टस व्यवसायलाई पनि व्यवस्थित तुल्याउन उनले आफ्नो तर्फबाट महत्वपूर्ण कार्यहरु गर्दै आएका छन् । शिवाकोटी महासंघको सामाजिक समिति सभापति पनि हुन ।
FACEBOOK COMMENTS