चण्डीराज ढकाल
नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न प्रोजेक्टमा काम गर्दै आएको छ । त्यसमध्ये कृषी उद्यम केन्द्र एक हो । जुन अहिले अनियमितता भयो भनेर चर्चामा छ । महासंघले खर्च गर्न नसकेको बेरुजु रकमलाई भष्ट्रचार भन्न मिल्दैन । कतिपय योजनाहरु सरकार र महासंघ मिलेर गरेका छन् । जुन तीन चार वर्षका छन् । त्यो योजनामा यो वर्ष अलिकति रकम जान्छ अर्को वर्ष अलिकती जान्छ र परियोजना सकिएपछि रकम फर्चोट हुने हो ।
रुजु भनेको हामिले गर्ने होइन , हाम्रो जो संग हाम्रो सहकार्य भएको छ त्यसलाई विवरण दिने हो । महलेखा परिक्षककाको कर्यालयले हामिले दिएको विवरणमा चित्त नबुझे महासंघले प्रष्ट पार्ने गरेको छ ।
अहिले नेपाल उद्योग वाणिज्य महासंघका कोषध्यक्षले महासंघ भित्र भष्ट्रचार भएको भन्दै राजिनामा दिएको विषय बजारमा चर्चाको विषय बनेको छ । यो पुर्णत भ्रमपुर्ण कुरा हो । कोषध्यक्षले आफुले गर्नु पर्ने काम कहिले पनि गर्नु भएन । उहाँको कर्यकाल डेढ वर्ष भैसक्यो , कहिल्यै पनि महासंघको बैठकमा कुरा उठाउँनु भएन । महासंघको व्यालेन्स सिट र अडिटीङ बैठकमा पेश भएको छैन । उहाँले पत्रकारलाई पनि भन्नु भएको छ कसैलाई नभन्नु । उहाँले महासंघको कोषध्यक्ष हुँदाको गोपनियताको सपथ खाएको पनि उलङ्घन गर्नु भएको छ । यदि कुनै विषयमा असहमति वा गलतकार्य भएमा महासंघ भित्र ल्याएर छलफल गर्ने सपथ खानु भएको थियो ।
कोषध्यक्षले बेला बेलामा अख्तियारलाई मुद्दा हाल्छु भन्दै हिड्नुहुन्थो । कृषी उद्यम केन्द्रको कुरामा पनि यो सम्पत्ति सुद्धिकरण तिर जान्छ भन्दा अख्तियार ल्याएर आउनु भो । जो महासंघको पदाधीकारीहो उसले महासंघका कागजपत्र घरमा लगेर पत्रकार बोलाएर सार्वजानीक गरिएको छ । उहाँले मेरो नाम नआओस भन्दै महासंघमा सबै भष्ट्रचारी भएको बताउँनु भएको छ । देशकै ठुलो निजी संस्थाको पदधिकारी भएर व्यवसायीको समस्या समाधानमा लाग्न छाडेर मिडियामा भ्रमित कुरामा प्रचारवाजी गर्दै हिड्नु कत्तिको नौतीकवान भैयो त ।
कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले सम्पुर्ण मिडियामा भ्रम फैलाउनु भयो । त्यसपछि महासंघको बैठकले तपाईले गैर जिम्मेवार काम गर्नु भयो यसको सम्पुर्ण जवाफ महासंघलाई दिनु पर्छ भन्दा उहाँले राजिनामा दिए भनेर निस्किएर जानु भयो । उहाँ गएपछि राजिनामाको विषय कार्यसमितीमा पेश भयो अनि राजिनामा पारित भयो । उहाँले भ्रष्ट्रचार रोक्न सकिन भनेर राजिनामा दिनु भएको होईन । कार्यसमितीमा कोषाध्यक्षले किन यस्तो भ्रम बाहिर फैलाउनु भयो । तपाइलाई लागेको कुरा कार्यसमितीमा किन ल्याउनु भएन भन्ने नैतिकताको प्रश्न गर्दा उहाले आफै राजिनामा दिएर जानु भएको हो । आफुले प्रचार गरेको भ्रमलाई स्थापित गर्न नसकेर राजिनामा दिएर जानुभएको हो ।
त्यसैले उद्योग वाणिज्य महासंघमा माथि लागेका लाञ्छना गलक कुरा हुन् । यसको आफ्नै प्रक्रिया छ । महासंघले आफ्नो व्यालेन्स सिट समय अनुसार नै सम्बन्धीत निकायमा बुझाएको छ । बेरुजु आउँछ भने त्यसको फस्चुयट गर्ने र वास्तविक जानकारी गराउने काम सम्बन्धीत निकायको हो । महासंघका पनि अडिटर छन् , चार्टड एकाउन्टेन्ट छन् उहाँहरुले प्रस्टाउने कुरा हो ।
ज्ञानेन्द्र प्रधानले आक्षेप लगाएपछि कमिटी बनाएका छौ । इन्टरनल अडिट गर्ने कुरा पनि भैरहेको छ । अहिले उहाँले के नियतको आधारमा यस्तो गर्नु भयो थाहा भएन । यो वास्तविक नबुझेको निकायलाई आकर्षित गर्ने र महासंघलाई बदनाम गराउने काम हो । नेपाल उद्योग वाणिज्य महासंघको आगमि नेतृत्वको लागि बजारमा भ्रम सिजना गरिएको हुन सक्छ ।
FACEBOOK COMMENTS