काठमाण्डौं – ज्योति विकास बैंक र हाम्रो विकास बैंक बीच एकिकृत कारोबार सुरु भएको छ ।
राष्ट्रियस्तरको ज्योति विकास बैंकले नुवाकोटको एक जिल्ला कार्यक्षेत्र भएको हाम्रो विकास बैंकलाई प्राप्ती गरेको हो ।
शुक्रबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले एकिकृत कारोबारको शुभारम्भ गरे ।
बैंकले एकीकृत कारोबार शुभारम्भको अवसर पारेर नुवाकोटको बट्टार बजारमा नयाँ एटिएम समेत संचालनमा ल्याएको छ ।
एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले सबल विकास बैंकको रुपमा रहेको ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ती गरेपछि झनै बलियो भएको बताए ।
ज्योति विकास बैंकका अध्यक्ष हरि चन्द्र खड्काले दुई बैंक बीच एकिकृत कारोबार शुभारम्भ भएकोमा खुसी लागेको र थप जिम्मेवारी बढेको बताउँदै अझ विस्तारित सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
FACEBOOK COMMENTS