काठमाडौं, पुस २९- ज्योती विकास बैंकको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारणसभाले आफ्ना सेयरधनीलाई १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभामा बैंकले गत आर्थिक वर्षमा खुद नाफा ५४ प्रतिशतले वृद्धि गरेको जानकारी दिएको छ । बैंकको गत आर्थिक वर्षमा खुद नाफा ५४ प्रतिशतले वृद्धि भएर ५३ करोड १३ लाख ४२ रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ३४ करोड ३१ लाख १५ हजार रुपैयाँ रहेको थियो ।
बैंकले गत वर्षको तुलनामा निक्षेप संकलन ५० प्रतिशतले वृद्धि गरी २१ अर्ब २३ करोड ८९ लाख पुगेको छ । गत आर्थिक वर्षमा बैंकका कुल कर्जा २३ अर्ब ११ करोड २५ लाख रुपैयाँ पुगेको छ, भने बैंकले खुद ब्याज आम्दानी १ अर्ब २९ करोड ४३ लाख रुपैयाँ गरेको छ ।
बैंकले हाल १ सय २ वटा शाखा कार्यालय, एक एक्सटेन्सन काउण्टर तथा ४५ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।
FACEBOOK COMMENTS