काठमाण्डौं – ज्योति विकास बैंक लि. ले तनहुँ जिल्लाको आँबूखैरेनीमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
आँबूखैरेनी गाउँपालिका वडा नं ३ मा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति आँबूखैरेनी गाउँपालिका अध्यक्ष ी गिर बहादुर थापा तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्का द्वारा एक कार्यक्रमका बिच संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
हाल बैंकले ८१ वटा शाखा कार्यालय तथा २२ वटा एटीएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ
हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.८० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।
FACEBOOK COMMENTS