काठमाडौं । ज्योति विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको लागि बार्षिक ९ प्रतिशत ब्याजदर भएको ‘ज्योती विकास बैंक बण्ड २०७८’ निष्काशन गर्न लागेको हो । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले १ अर्ब ५० करोड रुपैयाँको १५ लाख कित्ता ऋणपत्र असार २० गतेदेखि निष्कासन गर्न भएको छ ।
बैंकले निष्काशन गर्न लागेको १५ लाख कित्ता मध्ये ९ लाख कित्ता ऋणपत्र बैंक आफैले विभिन्न संघ संस्थालाई बिक्री गर्ने भएको छ भने ६ लाख कित्तामा ३० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको कित्तामा सर्वसाधारणले लगानी गर्न पाउनेछन् । ऋणपत्रमा असार २३ गतेसम्म आवेदन दिन पाइने छ । माग अनुसार आवेदन नपरेको खण्डमा साउन ३ गतेसम्म आवेदन दिन सकिने छ । ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाइने छ । यसको बिक्री प्रबन्धकमा एनआईबीएलएस क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS