काठमाण्डौँ —ज्योति विकास बैंक र अजोड इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धि सक्झौता भएको छ ।
दुई संस्था बीच बीमा सेवा सम्झौतामा हस्ताक्षर भएसँगै ज्योति विकास बैंकले अजोड इन्स्योरेनसको बीमा सेवा प्रदान गर्ने भएको हो ।
उक्त सम्झौतामा ज्योति विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतासँगै ज्योति विकास बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
हाल ज्योति विकास बैंकको ग्राहक संख्या २ लाख ४० हजारभन्दा बढि, निक्षेप २६ अर्व ३८ करोड रुपैयाँ र कर्जा २३ अर्व ५७ करोड रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS