काठमाण्डौँ — ज्योति विकास बैंक लि. र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. बीच सहकार्य सम्झौता भएको छ ।
बैंकले आफनो सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक शुसिल कुमार शर्मा र अस्पतालका तर्फबाट प्रबन्ध सन्चालक बाबु काजी कार्कीले हस्ताक्षर गरे ।
उक्त बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको आइडी कार्ड देखाइ यो सुविधाको लाभ लिन सक्ने जनाएको छ ।
हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको जनाएको छ ।
FACEBOOK COMMENTS