काठमाण्डौं — ज्योति विकास बैंक लिमिटेडले एकै दिनमा पाँच नयाँ शाखाको उद्घाटन गरेको छ ।
बैंकले भक्तपुर जिल्लाको बोडेमा, काभे्रको बनेपामा तथा काठमाण्डौ जिल्लाका साखुँ, बलम्बु र कीर्तिपुरमा समेत गरि एकै दिन पाँच नयाँ शाखा औपचौरिक रुपमा सञ्चालनमा ल्याएको छ ।
मध्यपुर थिमी नगरपालिका वडा नं ८, बोडेचोकमा रहेको नयाँ शाखाको औपचारिक रुपमा मध्यपुर थिमी नगरपालिकाका वडा अध्यक्ष देवकृष्ण मोय श्रेष्ठ तथा बैंकका संचालक जगदिश्वर प्रसाद अधिकारीले संयुक्त
रुपमा उद्घाटन गरे ।
साथै काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं ७ बनेपा बजारमा रहेको शाखाको पनि बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिँह बादे श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीद्वारा संयुक्त रुपमा उद्घाटन गरे ।
त्यसैगरि काठमाण्डौ जिल्लाको शंखरापुर नगरपालिका वडा नं ६, साखँु बजारमा रहेको नयाँ शाखा प्रमुख अतिथी शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ तथा बैंकका सञ्चालक छत्रमान श्रेष्ठद्वारा र कीर्तिपुर नगरपालिका वडा न्ां ९, नयाबजार काठमाण्डौमा रहेको शाखा पनि औपचारीक उद्घाटन कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्धारा भयो ।
चन्द्रागिरी नगरपालिका वडा नं १२, बलम्बुमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अतिथी नेपाल राष्ट्रबँैकका डेपुटी गर्भनर शिबराज श्रेष्ठले उद्घाटन गरे ।
हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।
यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
FACEBOOK COMMENTS