काठमाण्डौँ — ज्योति विकास बैंकले स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
पाल्पाको तानसेन नगरपालिका ४ मा रहेको नयाँ शाखाको उद्घाटन तानसेन नगरपालिका मेयर अशोक कुमार शाही तथा बैंकका संचालक नारायण प्रसाद पौड्यालले गरे ।
त्यसैगरी, स्याङ्जाको वालिङ नगरपालिका ८ मा रहेको नयाँ शाखाको पनि औपचारिक रुपमा वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँण तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा संयुक्त रुपमा भयो ।
हाल बैंकले ८१ वटा शाखा कार्यालय तथा २२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ९ वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
FACEBOOK COMMENTS