उज्वल जंग शाह,
दाजु भाईको लफडा मुद्धा मामला समान्य कुरा हो । तर निकै नै हुने खानेहरुको भने यस किसिमको लफडा बिरलै सुन्न पाईन्छ । यस्तै नेपालको प्रतिष्ठितमध्येको एक औद्योगिक-व्यापारिक घराना ज्योति समूह भित्रको पारिवारिक किचलो देखेर समान्य मानिसहरु दंग परेका छन् ।
नेपालमा भाजु रत्न ब्यवसाय समुहबाट रुपान्तरण हुदै ज्योती ग्रुप स्थापना हुँदासम्म यसलाई राज्य तथा आम मानिसको बुझाईमा एउटा निस्कलङक ग्रुपका रुपमा लिईनछ । तर ७० काटि सकेका पद्म ज्योति र रुप ज्योतिको घर झगडा सतहमा आउनुले धनको मुख कालो हुने रैछ भन्ने भनाई चरीतार्थ भएको छ ।दाजु पद्म ज्योति र भाइ डा. रुप ज्योतिको असमझदारी अहिले शितयुद्ध हुँदै विज्ञप्ति युद्धमा पुगेको छ । भाइले सञ्चालन गरेको ग्राण्डी सिटी अस्पताल भवन खाली गर्न दाजु पद्म ज्योतिले २५ भदौमा सार्वजनिक सूचना निकालेका थिए ।
अस्पताल भवन खाली गर्न पटक पटक सूचना दिंदा पनि भाई रुप ज्योतीले अटेर गरेको पदम ज्योतिको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त अस्पताल सञ्चालनको लागि सरकारबाट अनुमति पनि नलिइएको विज्ञप्तिमा उल्लेख थियो । त्यसको तीन दिनपछि डा. रुप ज्योतिले जारी गरेको विज्ञप्तिमा धेरै भाडा खाने लोभमा पद्म ज्योतिले अनर्गल प्रचार गरेको तथा अस्पतालको सेवा प्रभावित बनाएको आरोप लगाएका छन् । सोही दिन पत्रपत्रिकामा सार्वजनिक अर्को विज्ञप्तिमा ज्योति समूहको अध्यक्षबाट पद्मलाई हटाएको भन्दै डा. रुपलाई बधाई दिइएको छ ।
२७ वर्ष अध्यक्ष रहेकोमा पद्मलाई धन्यवाद समेत दिइएको छ । यसरी दुई दाजु भाईको सम्पत्तीलाई लिएर भएको घर कलहको बिग्रहसँगसंगै घटनाले अब कानुनी उपचारको बाटो समातेको छ । तर प्रश्न दुई दिग्गज मान्छेबाट शुरुभएको यो युद्धलाई आगामी पुष्ताले कसरी लिने भन्ने प्रश्न खडा गरेको छ । पद्म ज्योति नेपाल चेम्बर आन्दोलनका समेत सहयोद्धा र नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत भैसकेका मानिस हुन भने डा. रुप ज्योति देशको अर्थ राज्य मन्त्रि समेत भई सकेका छन् ।
यसरी ७० पार गरीसकेका दाजु भाईको लडाईले नया पुष्तामा समेत विभाजन ल्याउने देखिन्छ । जसको असर ज्योती ग्रुप ब्रान्ड भित्र पनि नदेखिएला भन्न सकिन्न ।
FACEBOOK COMMENTS