अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग सञ्चालन क्षमता २३ प्रतिशतसम्म झर्यो, औसत क्षमता ४६ प्रतिशत
काठमाडौँ — अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगको उत्पादन क्षमता घट्दै गएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लकडाउनअघि र पछि मुख्य चार औद्योगिक करिडोरमा गरेको अध्ययनले यस्तो देखाएको हो ।
अत्तरिया–धनगढी, नेपालगन्ज–कोहलपुर, बुटवल–बेलहिया, पथलैया–वीरगन्ज र इटहरी–विराटनगरमा अध्ययन गरेको थियो । ‘अक्सिजन प्लान्ट शतप्रतिशत सञ्चालन भइरहेको छ, तीबाहेक अन्य उद्योग २३ देखि ६० प्रतिशत क्षमतामा चलेका छन्,’ मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले भनिन्, ‘मुख्यतस् समस्या श्रमिक र कच्चा पदार्थको हो ।’
मन्त्रालयले तयार पारेको प्रतिवेदनअनुसार ०७६ चैतमा खाद्य उद्योग ९बिस्कुट, चाउचाउ० करिब ८० प्रतिशत क्षमतामा सञ्चालन भएका थिए । ०७७ वैशाख १३ सम्म घटेर ५० प्रतिशतमा झरे । वैशाख ३० सम्म पुनस् बढेर ६० प्रतिशत र जेठ २० गतेसम्म आउँदा ५० देखि ६० प्रतिशतमा झरेको छ । चैतमा खाद्य उद्योग ९चामल, चिउरा, दाल, पीठो, तेल आदि० ७५ प्रतिशत क्षमतामा सञ्चालन भए । वैशाख १३ सम्म ५०, वैशाख ३० सम्म ६५ र जेठ २० सम्म पुनस् घटेर ५५ प्रतिशतमा झरेको उल्लेख छ । खाद्यान्न उद्योग सबैभन्दा बढी तराई क्षेत्रमा सञ्चालन भइरहेका छन् ।
कोरोनाको संक्रमण पनि तराईमै बढ्दो छ । त्यसैले यी क्षेत्रका उद्योग सञ्चालनमा केही जटिलता भएको उद्योगीहरू बताउँछन् । ‘कच्चा पदार्थ बन्दरगाहमा रोकिएको छ । एउटा जिल्लाबाट अर्को जिल्लामा आउन सक्ने अवस्था छैन,’ नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष सुबोधकुमार गुप्ताले भने, ‘श्रमिक पनि छैनन्, जसले गर्दा कम क्षमतामै सञ्चालन भएका हुन् ।’ संघका अनुसार यो कम उत्पादन हुने सिजन पनि हो । खाद्यको माग छैन । प्रायस् बजार बन्द भएकाले उद्योगीहरूसँग पर्याप्त मौज्दात छ । अहिलेकै अवस्थामा २ महिनालाई मौज्दात धान्न सकिने उनले जानकारी दिए । ‘खाद्यान्नमा समस्या छैन । सामान नभएर होइन, पैसा नभएर भोकमरी हुन सक्ने अवस्था छ,’ उनले भने, ‘सरकारले सुरक्षाको सबै प्रबन्ध मिलाएर दैनिक काम सुचारु गर्नुपर्छ । त्यतातिर ध्यान दिन जरुरी छ ।’
मन्त्रालयका अनुसार डेरी उद्योग ८० प्रतिशत क्षमताबाट ६० प्रतिशतमा झरेका छन् । दाना, ह्याचरी र पोल्ट्री उद्योग पनि ५० प्रतिशतमा सञ्चालनमा छन् । दाना उद्योग ४० प्रतिशत चले पनि पोल्ट्री तथा ह्याचरी बन्द हुने अवस्थामा छन् । अन्डा उत्पादनमा समस्या नभए पनि ब्रोइलर उत्पादन गर्ने पोल्ट्री उद्योग मागमा कमी आएकाले धेरैजसो बन्द भएको प्रतिवेदनमा उल्लेख छ । औषधि उद्योगको सञ्चालन क्षमता पनि ७० बाट ६० प्रतिशत, खानेपानी उद्योग शतप्रतिशतबाट ६० प्रतिशत, चिया उद्योग ७० प्रतिशतबाट ३०र४० प्रतिशत र इँटा उद्योग ६० प्रतिशतबाट २० प्रतिशत हुँदै अहिले बन्दको अवस्थामा रहेको उल्लेख छ ।
कोभिड–१९ का कारण प्रायस् श्रमिक घर गएका छन् । लकडाउनले आवतजावतमा पनि समस्या छ । कच्चा पदार्थ पनि समयमै आउन सकेको छैन, जसले गर्दा पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको मन्त्रालयको दाबी छ । ‘निर्बाध चलाउन लकडाउन खुल्नैपर्छ । कर्मचारी आउनैपर्छ,’ केसीले भनिन् ।
मन्त्रालयका अनुसार १० औद्योगिक क्षेत्रमा लकडाउन अवधिमा ९जेठ २० सम्म० अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगको सञ्चालन क्षमता ४६ प्रतिशत मात्रै छ । १० औद्योगिक क्षेत्रमा कुल ५ सय ९७ उद्योग छन्, जसमध्ये ३ सय ३८ अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग छन् । १६ हजार ९ सय ७१ श्रमिकमध्ये ११ हजार ७ सय ३६ अत्यावश्यक उद्योगमा काम गर्छन् । तर लकडाउनका कारण ४ हजार ९ सय श्रमिकले मात्रै काम गरिरहेको जनाइएको छ ।
बालाजु औद्योगिक क्षेत्रमा १ सय ३० उद्योग छन् । तीमध्ये अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग ७५ छन् । तिनको औसत सञ्चालन क्षमता ४५ प्रतिशत मात्रै रहेको जनाइएको छ । हेटौंडा औद्योगिक क्षेत्रमा १ सय ११ उद्योग छन् । त्यहाँ अत्यावश्यक वस्तुका उद्योग ७४ छन् । ती ४२ प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन् । पाटन औद्योगिक क्षेत्रमा १ सय १२ वटा उद्योग छन् । अत्यावश्यक उद्योग २३ वटा छन् । ती ३५ प्रतिशत क्षमतामा मात्रै सञ्चालन भइरहेको प्रतिवेदनमा उल्लेख छ । पोखरा औद्योगिक क्षेत्रमा ७६ उद्योग छन् । त्यसमा अत्यावश्यक उद्योग ५५ छन् । ती उद्योग २३ प्रतिशत क्षमतामा सञ्चालान भइरहेको जनाइएको छ ।
बुटवल औद्योगिक क्षेत्रमा ६५ उद्योगमध्ये ३४ अत्यावश्यक छन् । ती ३३ प्रतिशत क्षमतामा सञ्चालनमा छन् । नेपालगन्ज औद्योगिक क्षेत्रमा ३४ मध्ये २२ वटा उद्योग अत्यावश्यक हुन् । ती ४४ प्रतिशत क्षमतामा मात्रै सञ्चालन भएका छन् । धरानमा २९ उद्योगमध्ये २३ वटा उद्योग अत्यावश्यक वस्तुका हुन् । ती ५८ प्रतिशत क्षमतामा चलिरहेका छन् । भक्तपुरमा ३६ उद्योगमध्ये २३ वटा अत्यावश्यक उद्योग छन् । ती ४० प्रतिशत क्षमतामा चलेका छन् । गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा ४ उद्योगमध्ये २ उद्योग अत्यावश्यक वस्तुका हुन् । ती ७५ प्रतिशत क्षमतामा सञ्चालन भएका छन् । वीरेन्द्रनगरमा रहेका ७ वटा अत्यावश्यक उद्योग ६२ प्रतिशत क्षमतामा चलिरहेको मन्त्रालयले बताएको छ ।
-कान्तिपुर दैनिक
FACEBOOK COMMENTS