काठमाण्डौँ — पूर्वका चार जिल्लाको प्रवेशद्धार मानिने झापाको भद्रपुर विमानस्थलमा बुधबारदेखि रात्रि उडान सुरु भएको छ ।
यसअघि लो–भिजिविलिटी र सूर्यास्तपछि उडान हुँदैन्थ्यो ।
उक्त विमानस्थलमा एरिया नेभिगेशन भनिने आरएनएभी प्रविधि जडान भएकाले अब रात्रि उडान र लो–भिजिविलिटीमा पनि उडान सम्भव हुने भएको हो ।
भद्रपुरमा आरएनएभी प्रविधि र लाइट सिस्टम जडानमा नागरिक उड्डयन प्राधिकरणले ११ करोड खर्च गरेको जनाएको छ।
रात्रिकालीन उडान उद्घाटन भने बिहीबार प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम छ।
भद्रपुरसँगै रात्रि उडान हुने विमानस्थलको संख्या ६ पुगेको छ।
आरएनएभी प्रविधि जडान भएपछि धनगढी, नेपालगन्ज, भैरहवा, सिमरा, विराटनगरमा रात्रि तथा लो–भिजिविलिटीमा पनि उडान हुँदै आएको थियो।
जनकपुरमा यो प्रविधि जडान गर्ने कार्य हुँदै छ।
— कान्तिपुर
FACEBOOK COMMENTS