काठमाडौं, कात्तिक ३ – जिल्ला प्रशासन कार्यालय झापाले १२ दिनसम्म निषेधाज्ञा जारी गरेको छ ।
चाडपर्वको बेला कोरोना कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भन्दै स्थानीय प्रशासनले दसैंको १२ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्देशनअनुसार स्थानीय प्रशासनले आइतबारदेखि लागू हुने गरी कात्तिक १४ गते (कोजाग्रत पूर्णिमा)सम्म राति ८ देखि बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।
यस अवधिमा अत्यावश्यक कामबाहेक रातको समयमा हिँड्डुल नगर्न र सवारी सञ्चालन नगर्न भनिएको छ। त्यस्तै होटल व्ययवसाय र पसलहरुसमेत सञ्चालन गर्न रोक लगाइएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सार्वजनिक सूचना जारी गर्दै लकडाउन अवधिमा भेला जमघटमा सहभागी नहुन र जात्रा, मेला र महोत्सव समेत नगर्न आह्वान गरिएको छ।
FACEBOOK COMMENTS